१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २९ गते भिम अस्पताल, भैरहवामा भयो ।