१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।
आरोपितहरूले बालिकालाई ०८१ फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले फागुन २९ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएकी थिइन् । बालिकाको स्वास्थ्य परीक्षण फागुन २९ गते प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।
उजुरी पश्चात आरोपितहरू फरार रहेकोले खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिनु भयो ।