INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई धम्की

नेपाल पत्रकार महासङ्घका रामेछापका कार्यसमिति सदस्य २६ वर्षीय  मिलन विकलाई अनलाइनमा प्रसारित समाचारको विषयलाई लिएर ०८१ चैत ३ गतेबाट नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखाकी अभिकर्ता हाल मन्थली नगरपालिका– १ बस्ने ४४ वर्षीया कमला बस्नेत (कार्की) ले फोन र एसएमएस मार्फत पटक–पटक धम्की दिएको भन्दै पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापले ०८१ चैत ४ गते विज्ञप्ति जारी गरेर विरोध जनायो ।

नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखाकी अभिकर्ता कमला बस्नेतले कार्यालय तोडफोड गरेको भनी अर्का अभिकर्ता कृष्णबहादुर थापाले कार्यालयमै दिएको विवरण सहितको भिडियो सामग्री चैत २ गते विकले अनलाइनमा प्रसारण गर्नुभएको थियो ।

सो विषयमा चैत ३ गते कार्को धारणा पनि अनलाइनमा प्रसारण भएको थियो । उक्त भिडियो सामग्रीलाई लिएर बस्नेतले पत्रकार विकलाई जातीय रूपमा समेत अपमान गरी टेलिफोन मार्फत पटक पटक धम्की दिएको भन्दै महासङ्घले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।

Ramachhap

अन्य

भिडियो