१७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलका २१ वर्षीय विकास कार्कीलाई प्रहरीले ०८१ फागुन २५ गते गिरफ्तार गरेकाे छ ।
पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेकाे भन्दै पीडित पक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको फागुन २४ गते स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भयो ।