INSEC Online

📅 २०८३ जेष्ठ २१

ग्रामीण सडक मर्मत नहुँदा बिरामीलाई सास्ती !

जाजरकोटका अधिकाँश ग्रामीण सडक मर्मत नहुदाँ बिरामीलाई सास्ती भएको छ । जनुीचाँदे, कुशे, बारेकोट गाउँपालिमा स्थानीय सरकारले खनेका सडक मर्मत नहुँदा एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई सास्ती भएको छ । खाद्यान्न, औषधिलगायतका दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समस्या हुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ ।

स्थानीय सरकारले मर्मत कार्यलाई वेवास्था गरेपछि गाउँवस्तीका अधिकांश नागरिकलाई आवतजावतमा सहजता ल्याउन खनियका सडक मर्मत नगर्दा जोखिम मोलेर यात्रा समेत गर्नुपरेको छ । नागरिकलाई सेवा दिन खनिएका जीर्ण सडकमा यात्रा गर्दा डराउनु पर्न अवस्था छ । बारेकोट गाउँपालिकामा पहिलो कार्यकालको स्थानीय सरकारले मुल्साम बाहेक सवै गाउँवस्ती सडक सञ्जालसग जोडिएका छन् ।

बारेकोट गाउँपालिका-१ का रामचन्द्र ज्योतिले ग्रामीण बस्तीका नागरिकलाई यातायातमा सहजता ल्याउन खनियका सडक स्थानीय सरकारले मर्मत नगरेपछि जोखिम मोलेर यात्रा गर्नु परेको छ । सदरमुकाम देखि करिव २८ कोष टाढा रहेको बारेकोट गाउँपालिका सदरमुकाम आउन दुई दिन पैदल हिड्नु पर्ने बाध्यता छ । सङ्घीयतापछि सिंहदरवारको अधिकार गाउँमा आए पनि स्थानीय सरकारले नागरिक प्रति उतरदायि भएर काम गर्न सकेका छैनन् । नागरिकलाई यातायातमा सेवा दिन ट्रयाक खोलेका सडक मर्मत नगरि जवरजस्ती सवारी साधन सञ्चालनमा ल्याउँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ ।

बारेको गाउँपालिका-५ का विमला शाहीले ग्रामीण वस्ती सडक सञ्जालको पहुँच जोडिएपनी जीर्ण अवस्थाका सडक मर्मतमा स्थानीय सरकारले बेवास्ता गरेपछि स्थानीय उत्पादनलाई बजार लैजान, जटिल तथा सामान्य विरामी, सुत्केरी, गर्भवती महिलाले समयमा उपचार सेवा पाउनबाट वञ्चित हुनु परेको छन् । स्थानीय सरकारले नागरिकले पाउने सेवा सुविधालाइ प्राथमिकता राखि काम गर्न आग्रह गरेका छन् ।

बारेकोट गाउँपालिका–१ का चन्द्रबहादुर खड्काले गाउँवस्ती सडक सञ्जालसग जोडिएपछि खुसी भएका नागरिक ग्रामीण सडक स्थानीय सरकारले सडक मर्मतमा चासो नदेखिएपछि गाउँवस्तीका नागरिक बिरामी परेपछि स्टेचर,डोकोमा बोकेर स्वास्थ्य संस्था लिने गरेका छन् । स्थानीय सरकारले नागरिकको आबश्यकता अनुसारका कार्यक्रम योजना निर्माण गर्न नसक्दा दुख पाउने गरेका छन् । छिमेकी जिल्ला जुम्लासग जोडिएको बारेकोट गाउँपालिका हो । बारेकोट गाउँपालिका-३ का नागरिक औषधी उपचार गर्न घण्टौँ हिँडेर लिम्सा अस्पताल ल्याउने गरेका छन् । सडक मर्मत नहुँदा यातायात व्यवसायीले हचुवाको भरमा यात्रुबाट महङ्गो भाडाँ असुल्ने गरेका छन् । रुटप्रमिट नपाएका ग्रामीण वस्तीका जीर्ण सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।

स्थानीय सरकारले सडक मर्मत नगरेपछि यातायात व्यवासयीले मनपरी गर्दा जनताले दुख पाउने गरेका छन् । अन्नवाली उत्पादनमा न्यून रहेको बारेकोट गाउँपालिकामा आयतित खाद्य बस्तु बजारबाट बोकेर लैजानु पर्ने बाध्यता छ । गाउँबस्तीमा सडकसगै सवारी साधन पुगेपछि खुसि भएका नागरिक जीर्ण सडक मर्मत नहुँदा चिन्तित भएका छन् ।

अन्य

भिडियो