१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–१ का २२ वर्षीय सुनिल सुनारलाई प्रहरीले चैत २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १८ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २६ गते गोरखा अस्पतालमा भएको थियो ।