१० वर्षीया बालिकालाई ०८१ चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा लोहरपट्टी नगरपालिका-४ पीपराडीस्थित रेल्वे ट्रयाकमा कार्यरत सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहविरुद्ध पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनुभएको छ ।
आरोपितले चैत १ गते बिहान बालिकालाई ललाइ फकाइ घर नगिकैको दलानमा लागि यौन दुर्व्यहार गरेको बालिकाले बताएको आधारमा स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए । स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपित सइ सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको थियो । आक्रोसित स्थानीयले तोडफोडको प्रयास गर्दा स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएपछि सशस्त्र प्रहरीको थप टोलिले घटना स्थल पुगि स्थानीयलाई शान्त हुन आग्रह गरेको थियो ।
सशस्त्र प्रहरीले आरोपित सइलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको इन्स्पेक्टर बिशाल सिंहले जानकारि दिनु भयो । पीडित बालिकाको स्वास्थ परीक्षण चैत १ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।