INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

४२ वर्षीया महिलालाई बर्दिबास नगरपालिका-६ का ३५ वर्षीय रञ्जितसिंह राउतले बलात्कार गरेको आरोपमा ०८१ फागुन २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिनुभएको छ ।

पीडितका अनुसार माघ २१ मा घर नजिकैको बारीमा प्याज गोड्न गएको बेला काम छ भनि गाईगोठमा बोलाएर आरोपितले बलात्कार गरेको हो । छोराको विवाह प्रभावित हुने भन्दै १ महिनादेखि लुकाइएको घटना उजुरी पश्चात  सार्वजनिक भएको छ । आरोपितले हतियार देखाइ धम्कि दिने गरेको र घटना मिलाउन स्थानीय जनप्रतिनिधिसमेत लागिरहेको पीडित पक्षको आरोप रहेको छ ।

त्यसैगरी, यौनजन्य क्रियाकलापमा आरोपित पटक-पटक गाउँलेहरूबाट समातिए तापनि गाउँमै पञ्चायत राखेर घटना मिलाउने गरेको  पीडितका पतिको आरोप रहेको छ । पीडित महिलाले दिएको बयान र उजुरीको आधारमा आरोपित राउतलाई फागुन २८ गते गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी रेवतीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ परीक्षण फागुन २८ गते बर्दिबास अस्पताल बर्दिबासमा भयो । 

अन्य

भिडियो