५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छिपरमाई गाउँपालिका-२ टिहुकी टोल का २७ वर्षीय कुमार पटेलविरुद्ध पीडित पक्षले ०८१ फागुन २२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिनुभएको छ ।
पीडित महिलालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ । घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका, पर्साका डिएसपी सुवास भट्टले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण नारायणी अस्पताल, पर्सामा फागुन २२ गते भयो ।