INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको भवन निर्माणाधीन हुँदा सेवा प्रवाहमा समस्या !

सात वर्षदेखि निर्माणाधीन पुर्वखोला गाउँपालिका–३, रिङ्नेरहमा रहेको इलाका प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ ।

Photo13032025Palpa

जनताको सुरक्ष गर्ने प्रहरी कार्यालय नै असुरक्षित घरमा रहेको छ । पुर्वखोला गाउँपालिका–३, रिङ्नेरहमा रहेको इलाका प्रहरी कार्यालय भाडाको जोखिमपूर्ण कच्ची घरमा रहेको छ । घरको गारो चर्किएको छ । वर्षात्मा पानी ओत्नका लागि त्रिपालले आटी छोप्नुपर्छ । नाम इलाका प्रहरी कार्यालय भए पनि यहाँ असइको कमाण्ड रहेको छ । सामान्यतया इलाका प्रहरी कार्यालयमा इन्स्पेक्टरको दरबन्दी हुन्छ ।

प्रहरी चौकी भवन साच्चिकै जोखिमपूर्ण भवनमा रहेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दले बताउनु भयो । सात वर्षदेखि उक्त प्रहरी चौकी उस्तै अवस्थामा रहेको र जोखिमपूर्ण अवस्थामै रहेर प्रहरीले जनताको सुरक्षाको काम गर्दै आएको उहाँले बताउनु भयो । पुर्वखोला गाउँपालिकाको नयाँ भवन निर्माण कार्य जारी रहेको र उक्त नयाँ भवनमा कार्यालय सरेपछि हाल गाउँपालिका सञ्चालनमा रहेको भवनमा प्रहरी चौकी सार्ने गरी छलफल भएको उहाँले बताउनु भयो ।

प्रहरी कार्यालय तथा स्थानीय अर्को घरमा प्रहरी निवास प्रयोग गरेवापत मासिक ६ हजार ६ सय ६६ रुपियाँ भाडा गाउँपालिकाले तिर्दै आएको पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । यसरी तिरिएको भाडा समेत महालेखा परीक्षकले बेरुजु लेख्ने गरेको उहाँले बताउनु भयो । ‘जिल्ला प्रहरी कार्यालय तथा माथिल्लो निकायले भाडा पठाउँदैन । पालिकाले भाडा तिर्दा महालेखाले प्रहरीको भाडा तिर्ने दायित्व स्थानीय तहको हैन भन्छ । धेरै समस्या छ’ – अध्यक्ष थापाले भन्नुभयो ।

अन्य

भिडियो