१७ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा राप्तीसोनारी गाउँपालिका–७, विशम्भरपुरका ४६ वर्षीय चिजमान भन्ने तेजु थारु, राप्तीसोनारी गाउँपालिका–६, मोहनपुरकी २९ वर्षीया कल्पना रायमाझी, डुडुवा गाउँपालिका-३, हलबलडोली बस्ने ३५ वर्षीय लल्लु भन्ने मोहम्मद इशरारुल हक खाँलाई प्रहरीले ०८१ फागुन २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले ललाइ फकाइ राप्तीसोनारी गाउँपालिका–७, विशम्भरपुरका ४६ वर्षीय चिजमान भन्ने तेजु थारुको घरमा बोलाइ भारतको उत्तर प्रदेशमा लैजाने क्रममा प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, भगवानपुरका इन्स्पेक्टर टोपेन्द्र बुढाले बताउनु भयो । उहाँका अनुसार पीडित पक्षले फागुन २५ गते इलाका प्रहरी कार्यालय, भगवानपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा भयो ।