INSEC Online

📅 २०८३ जेष्ठ २२

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका-१० सिसौटियाका ३९ वर्षीय रामनारायण महरा चमारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४२ वर्षीय विकेश कुमार अधिकारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, मलंगवामा ०८१ फागुन २५ गते उजुरी दिनुभएको छ ।

पीडित पक्षका अनुसार ०८१ फागुन ९ गते पीडित गोडैता नगरपालिका-१० स्थित सिसौटिया गाउँदेखि उत्तर तर्फ रहेको नहरमा कपडा धुने क्रममा सोही नहरमा नुहाउन पुगेका आरोपितले दलित चमार भन्दै पानिबाट भाहिर निस्कन भनेको र नमान्दा कुटपिट गरेको हो ।

पीडितको घाउ जाँच जिल्ला अस्पताल, मलंगवामा फागुन २६ गते भएको डा. संजिव कुमार सिंहाले जानकारी दिनुभयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

अन्य

भिडियो