INSEC Online

📅 २०८३ जेष्ठ २२

महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

काठमाडौँबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा ०८१ फागुन २३ गते प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार भएकामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन् ।

मङ्सिर १८ मा उनीहरूले महिलाहरूलाई दार्जिलिङ घुम्न जाने र मोबाइल किनिदिने आश्वासन दिएर झापा हुँदै इलाम लगेका थिए ।

त्यहाँबाट कोलकत्ता हुँदै दिल्लीमा १७ दिन राखेर पुणेमा लगेर बेचेको मानव बेचविखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले बताए ।

भारतीय रुपैयाँ डेढ लाख र दुई लाख रुपैयाँ बेचेर उनीहरू फर्केको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

काठमाडौंबाट गिरफ्तार परेका मानबहादुर यसअघि पनि मानव बेचविखन मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् ।

आरोपीतहरूले पीडितहरूलाई नक्कली नागरिकता समेत बनाइदिएको पाइएको छ । अर्का आरोपीत सञ्चबहादुर तामाङ डाकाचोरी मुद्दामा नख्खु कारागारमा थुनामा छन् ।

अन्य

भिडियो