३६ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित धनगढीमाई नगरपालिका-२ का २३ वर्षीय मोहमद नसिबुल राईनविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय, लहानले फागुन ०८१ फागुन २१ गते दर्ता गरेको छ ।
आरोपित राईनले ०८१ माघ १९ गते बलात्कार गरेको आरोपमा ०८१ फागुन २० गते पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिनुभएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २० गते प्रादेशिक अस्पताल लहानमा भयो ।
इलाका प्रहरी कार्यालय, लहानका डिएसपी विष्णुप्रसाद सोतीका अनुसार आरोपित फरार रहेकोले खोज तलास भैरहेको छ ।