२२ वर्षीया महिलालाई बलात्कार गरी गर्भपतन गराएको घटनाका आरोपित धनगढीमाई नगरपालिका-१ का ३५ वर्षीय राधेश्याम कामैतविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय, लहानले फागुन ०८१ फागुन २० गते दर्ता गरेको छ ।
पीडितले आरोपितविरुद्ध फागुन ९ गते इलाका प्रहरी कार्यालय, लहानमा उजुरी दिनुभएको थियो ।
पीडित महिलाका अनुसार आरोपितले ललाई फकाई विवाह गर्छु भनि झुटो आश्वासन दिइ ०८१ मङ्सिर २३ गते आफ्नो घरमा लगी बन्धक बनाई बलात्कार गरेको हो । त्यसैगरी, आरोपितले गर्भवती भएको थाहा पाएपछि फागुन ७ गते कुटपिट गरी गर्भपतन गराएको पीडित महिलाको आरोप रहेको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ९ गते प्रादेशिक अस्पताल लहानमा भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णुप्रसाद सोतीका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको छ ।