INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विष्फोटनमा घाइते म्यादी प्रहरीको उपचारका क्रममा मृत्यु

चुनावी सभाको सुरक्षार्थ खटिएका बेला भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मङ्सिर १३ गते मृत्यु भएको छ ।

मङ्सिर १२ गते नेपाली काङ्ग्रेसले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको चुनावी सभालाई लक्षित गरी अज्ञात समूहले विरेन्द्र चोक नजिकै राखेको बम विष्फोट हुँदा घाइते भएका चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

बम विष्फोटमा परी गम्भीर घाइते भएका सर्वसाधारणहरू नेपबहादुर खत्री, देवी डिसी र जेनी डिसीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएकामध्ये हीमलाल रामजाली, सुनीता चौधरी, नरभूमि बुढाथोकी र वोमराज सुनारको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको छ भने सामान्य घाइते भएका विनोद चौधरी (ख) घर फर्किसकेका छन् । घटनामा नौ जना घाइते भएका थिए ।

अन्य

भिडियो