INSEC Online

📅 २०८३ जेष्ठ २१

विभिन्न कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस ०८१ फागुन २३ गते विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । विभिन्न महिला सङ्गठनहरुले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका थिए । उक्त प्रभातफेरि कार्यक्रम माइतीघर मण्डलाबाट सुरु भई भद्रकाली, रत्नपार्क हुँदै भृकुटी मण्डपमा पुगी सम्पन्न भएको थियो ।

a8017875-71a8-42a2-b5d2-e49e1a79326c

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । महिला हक र अधिकारको माग सारेर महिलाले नै सङ्घर्ष सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

2b966053-7fc0-4a6d-a6d3-bdf50c15b6d2 4108d7fd-c464-4fa5-9a0f-77d1cf5dcbbb 6837a9b0-6908-4652-9029-520e04010be7 3284329b-9a6a-4cc3-85c4-f0442494c1d2 aa11ff76-aacf-4d74-b335-4b12ec1015cf bbc65132-8317-4bff-8ccc-c20cd6267de5 e0c6183c-5477-4bfd-aee6-b02d3300e2c7 eb95e3b8-9d02-47d9-88de-63f1ccd15aeb f11050cd-bb29-4f47-9fc7-b7d5fcc1a8da

अन्य

भिडियो