१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय विष्णु गिरीलाई ०८१ फागुन २० गते प्रहरीले स्याङ्जाबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । जिल्ला अदालतले आरोपितलाई गिरफ्तारका लागि अनुमति दिएपछि उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
आरोपित गिरीलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आरोपित गिरी नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष हुनुहुन्छ ।