INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारको संसद् प्रवेश पास निलम्बनबारे महासङ्घको ध्यानाकर्षण

सङ्घीय संसद् सचिवालयले दुई जना  पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासङ्घले फागुन २२ गते एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई २०८१ फागुन ४ गते प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घंन भएको भन्दै सङ्घीय संसद् सचिवालयले पत्रकारद्वय ३४ वर्षीय किशोर श्रेष्ठ र ३० वर्षीय प्रकाश ओलीको पास निलम्बन गरेको पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले जानकारी दिनु भयो । उनीहरूको संसद प्रवेश गर्न फागुन २१ गतेदेखि चैत १२ गते एक महिनासम्म रोक लगाएको हो ।

पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो ।

महासङ्घ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ ।

साथै, महासङ्घ पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको महासचिव दहालले बताउनु भयो ।

 

अन्य

भिडियो