४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका- २ का ३४ वर्षीय पञ्चप्रसाद याख्खालाई फागुन १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८१ माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कौशलकुमार वुढाथोकीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १९ गते गरिएको छ ।