१६ वर्षीया बालिकालाई ०७२ चैत ७ गते बलात्कार तथा बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–१ का ३२ वर्षीय फरार कसूरदार किशोर रावललाई ०८१ फागनु २० गते गिरफ्तार गरेको छ ।
बलात्कार तथा मानव बेचबिखन घटनामा कसूर ठहर गरी सर्वोच्च अदातलले ०८१ साउन २४ गते १० वर्ष कैद र १ लाख रुपियाँ जरिबानाको सजायको फैसला गरेको भए पनि कसूरदार रावल फरार रहेका थिए ।
प्रहरीले फरार कसूरदार रावललाई गिरफ्तार गरी कैद भुक्तानका लागि जिल्ला कारागार, कञ्चनपुरमा पठाएको जिल्ला कारागार, कञ्चनपुरका सहायक प्रमुख रामदत्त भट्टले बताउनु भयो ।
बालिकालाई बलात्कार तथा बेचबिखन प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध ०७२ चैत ९ गते गेटा प्रहरी चौकीमा उजुरी दिएका थिए ।