बर्जु गाउँपालिकामा पूर्वाधार शाखामा इञ्जिनियर पदमा कार्यरत ३३ वर्षीय रोशन गुप्तालाई बर्जु गाउँपालिका-६ का ४२ वर्षीय श्रवणकुमार चौधरीले फागुन २० गते दुर्व्यवहार गरेका छन् ।
कर्मचारी बैठकमा ०८१ फागुन २० गते सहभागी भइरहेको अवस्थामा बैठक कोठामा प्रवेश गरेका आरोपितले इञ्जिनियर चौधरीलाई मलाई चिन्छस भन्दै कठालो समातेर दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
घटनाका आरोपित गाउँपालिका उपाध्यक्षका पति भएको र सधैँ ठेक्कापट्टा मिलाइदिनु पर्ने भनि धम्की दिने गरेको पीडित इञ्जिनियरले बताउनु भयो ।
कर्मचारीमाथि बैठक बसेको अवस्थामा दुर्व्यवहार भएको भन्दै कर्मचारीले गाउँपालिका अध्यक्षलाई काम गर्ने वातावरण बनाउन माग गरेका छन् ।
काम गर्न असुरक्षित भएको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीले फागुन २० गते गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिका अध्यक्ष जीवछ राई गाउँपालिका भन्दा बाहिर भएकाले वाट्स एपमा ज्ञापनपत्र पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु श्रेष्ठले बताउनु भयो ।
कर्मचारीले काम गर्ने वातावरण बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रलाई समेत मौखिक उजुरी गरेका छन् ।
गाउँपालिका अध्यक्ष राईले जिल्ला भन्दा बाहिर भएको र जिल्ला फर्किएपछि घटनाका विषयमा कारबाही अघि बढाउने इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कर्मचारीले काम गर्ने सुरक्षित वातावरण बनाउन ७२ घण्टे समयसिमा दिएका छन् ।
