२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला लोहारपटी नगरपालिका-१ घर भई हाल इलाका प्रहरी कार्यालय लहानमा प्रहरी जवान पदमा कार्यरत २७ वर्षीय नविन यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले विवाह गर्ने प्रलोभन दिई दुई वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक ०८१ मङ्सिर २८ गते बलात्कार गरेको पीडित महिलाले बताइन् । आरोपितले विवाह नगरी आलटाल गरेकोले कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा फागुन १५ गते उजुरी दिएको पीडित महिलाले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन १५ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र पासवानले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।