१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भगवतीमाई गाउँपालिका–१, पगनाथका २२ वर्षीय सन्दीप विकलाई प्रहरीले ०८१ फागुन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते दैलेख अस्पतालमा भयो ।