१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–७ का ५८ वर्षीय भोजबहादुर बोहरालाई ०८१ फागुन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले गत असारमा बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो ।
बलात्कारपश्चात गर्भवती भएकी बालिकाले फागुन १६ गते बच्चा जन्माएपछि स्वस्थ्य अवस्था नाजुकभएकोले उपचारका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।