INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्युत लोडसेडिङ बढाएकाे भन्दै स्थानीयद्वारा विधुत कार्यालयमा धर्ना !

सदरमुकाम सिमकोटमा विद्युत लोडसेडिङको भार बढ्दै गएपछि यहाँका महिला आन्दोलित भएका छन् । फागुन १५ र १५ गते सिमकाेट बजारमा रहेको विद्युत कार्यालयमा पुगेर सिमकोट गाउँपालिका–५, तल्लो गाउँका महिला आन्दोलित भएका हुन् । तल्लो गाउँमा विद्युत लोडसेडिङको मार बढ्दै गएका कारण कार्यालयमा पुगेर उनीहरूले आन्दोल गरेका हुन् ।

Photo01032025Humla

आन्दोलनमा सहभागी सिमकोट गाउँपालिका–५, तल्लो गाउँका स्थानीय काली रोकायाले भन्नुभयो – ‘हामीललाई राती नचाहिने समय राती बाह्र बजेदेखि बिहान चार बजेसम्म बत्तीको लाइन आउँछ । त्यसपछि लोडसेडिङ हुन्छ । आवश्यक परेको बेला विद्युत लाइन कटौती हुन्छ ।’ बेलुका खाना खाने समयमा पनि बत्ती आउँदैन् । बिहानको खाना खाने समयमा पनि बत्ती नआउने रोकायाले गुनासो पोख्नुभयो । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँमा मात्रै लोडसेडिङ बढी हुने रोकायाले बताउनु भयो ।

हेल्दुम वितरण केन्द्रले सदरमुकाम सिमकोट बजारमै लोडसेडिङ तालिकामा पक्षपात गरेको अर्का स्थानीय कालि रावतले बताउनु भयो । तल्लो, माथिल्लो गाउँमा विद्युत कम आउँछ । बजारमा रहेका कार्यालयसहित अन्य बजारवासीमा समेत विद्युत लाइन नियमित आउने भन्दै रावतले उल्लेख गर्नुभयो । यस्तै हेल्दुम वितरण केन्द्रले सदरमुकाम बाहिरका गाउँ ठेहे, बरगाउँ, लिमाटाङ, बुराउँसे, छिप्रा, माजा, छिप्रा, स्याडा, चौगनफया, डाडाफया लगायतका बस्तीमा नियमित विद्युत छोड्ने तल्लो गाउँ र माथिल्लो गाउँमा किन नछोडेको भन्दै यहाँका महिला सोही कार्यालयमा पुगेर आक्रोश व्यक्त गरेका थिए ।

त्यसैगरी विद्युत कटौती गर्ने डिउटीमा बसेका कर्मचारीले आफ्नो मनलाग्दी बत्तीको लाइन छोड्नुका साथै समय तालिका अनुसार नछोड्ने र आफन्त बस्ने क्षेत्रमा बढी लाइन छोड्ने गरेको आन्दोलितमा पुगेका महिलाहरूको भनाइ छ। राति बत्तीको आवश्यक नपर्ने समयमा बत्ती छोड्नु भन्दा चाहिने समयमा बत्ती छोड्नु पर्ने उनीहरूको भनाइ छ ।

तल्लो गाउँका महिला आन्दोलनमा पुगेको समयमा विद्युत कार्यालयका प्रमुख जीतेन्द्र शाहले यो विषयमा आफुले तत्काल कर्मचारीसँग छलफल गरी कसको कम्वजोरी हो पत्ता लगाएर समस्याको समाधान गर्ने आश्वासन दिनुभयो । शाहका अनुसार खोलामा पानी नै हिउँदको समयमा कम आउने भएका कारण पनि लोडसेडिङको मारमा सेवाग्राही पुगेको बताउनु भयो । सदरमुकाम सिमकोटबासीले हिउँदको समयमा झण्डै १४ घण्टा लोडसेडिङको भार खेप्दै आउनु परेको छ ।

अन्य

भिडियो