११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय फर्सुराम पौडेललाई प्रहरीले ०८१ फागुन १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७७ जेठमा बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १३ गते गुल्मी अस्पताल, तम्घासमा भयो ।