प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तरगत कुशे गाउँपालिका-१ को मतपेटिका बोकेर सदरमुकाम ल्याउँदै गरेको कर्मचारीको टोलीमाथी मङ्सिर ११ गते बिहान लक्षित गरी बम विष्फोट भएको छ ।
विष्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भाबेश रिमालले बताए ।
कुशे गाउँपालिका-१ को रोलखोलामा बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । एक जना सहयोगी सामान्य घाइते बाहेक अन्य कुनैपनि क्षति नभएको डिएसपी रिमालले जानकारी दिए ।
घाइतेलाई नजिकको स्वास्थ्य संस्थामा उपचार गराइएको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम विष्फोट गराएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।