INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावले एड्स बिरामीहरूलाई नियमित एआरटी औषधी सेवन गर्न समस्या

एड्स रोग लागेर प्रभावित भएका एड्स बिरामीहरूलाई औषधी लिन आर्थिक अभावले सदरमुकाम चौतारासम्म आउन जान समस्या हुँदा प्रभावितहरूले नियमित औषधी सेवन गर्न समस्या भएको छ ।

एड्स रोग लागेर प्रभावित भएका एड्स रोगीहरूलाई औषधी लिन यातायात खर्चको अभावले सदरमुकाम चौतारासम्म आउन जान समस्या भएको हो ।

एड्स रोगबाट प्रभावितहरू मध्ये दुई जनाले नियमित औषधी खान छोडेको र घरमा स्याहार सुसारको अभावमा मृत्यु भएको चौतारा पुनस्र्थापना केन्द्रकी अप्सरा भूजेलले बताउनुभयो ।

जिल्लाको बिभिन्न पालिकाहरूमा रहेका एड्स प्रभावितहरूलाई औषधी लिन चौतारा अस्पताल नै आउनुपर्ने बाध्यता रहेको छ ।

औषधी लिन सदरमुकाम चौतारा आउँदा लाग्ने बस भाडाको अभावले प्रभावितहरू र उनिहरूका परिवारका सदस्यहरूले हेलचेक्राईँ गरेकोले प्रभावितहरूको स्वास्थ्यमा थप समस्या आएको भूजेलले बताउनु भयो ।

एड्स रोग लागेर नियमित औषधी सेवन गर्नुपर्ने प्रभावितहरूको सङख्या जिल्लाभर ८६ जना रहेको छ । ति सबै जना औषधी लिन चौतारा अस्पताल नै आउनुपर्ने बाध्यता रहेको छ । एड्स प्रभावितहरूले दैनिक सेवन गर्ने एआरटी औषधी चौतारा अस्पताल बाहेक अन्य अस्पतालमा उपलब्ध नहुने जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख दुर्गा बजगाइले बताउनुभयो ।

प्रभावितहरू सबैभन्दा बढी हेलम्वु गाउँपालिकामा ३६ जना रहेका छन् । उनीहरूलाई  घरपरिवारबाट पनि स्याहारसुरार नभइ बेवास्तामा बस्नु परेको । औषधी लिन आउन समेत यातायातमा लाग्ने पैसाको अभावले समस्या भएकोले एड्स प्रभावितहरू नियमित औषधी सेवन गर्नबाट वञ्चित भएका छन् ।

अन्य

भिडियो