INSEC Online

📅 २०८३ जेष्ठ २२

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाथीभरा मुकुम्लुङमा केवलकार निर्माणको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा पदम चेञ्जी माबोलाई माेसाे दलेकाे आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।

धरान उपमहानगरपालिका-४ पुतलीलाइनमा फागुन ४ गते मोसो दलेको आरोपमा प्रहरीले जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनलाई फागुन १४ गते गिरफ्तार गरेको हो।

मोसो दलेको घटनाका पीडित माबोले ०८१ फागुन ५ गते इलाका प्रहरी कार्यालय, धरानमा दिएको आधारमा थाम्देनलाई अनुसन्धानका लागि धरान उपमहानगरपालिका-१० धर्मपथबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।

गिरफ्तारीमा परेको थाम्देनविरुद्ध अभद्र व्यवहारमा मुद्दा प्रहरीले कानुनी कारबाही अघि बढाएको छ ।

अन्य

भिडियो