INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा प्रहरीमाथि गोली प्रहार

कल्यणपुर नपा-५ निर्दनाघाटमा ड्युटीमा रहेका दुई प्रहरीमाथि अज्ञात समूहले मङ्सिर १० गते गोली प्रहार गरेको छ ।

स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई दिउँसो २ बजेतिर गोली लागेको हो ।

प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्रचार्यले बताए ।

उनले गोली प्रहारबाट घाइते प्रहरीद्वयको प्राथमिक उपचार कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा भएको र थप उपचारका लागि काठमाडौँ महराजगञ्जस्थित प्रहरी अस्पतालमा लगिएको बताए ।

रातो रङको मोटरसाइकलमा चढेका दुई व्यक्तिले प्रहरी जवान यादव र कुँवरमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति फरार भएकोले खोजतलास भइरहेको डिएसपी बज्रचार्यले बताए ।

अन्य

भिडियो