त्रिवेणि गाउँपालिका–६, थुम्काका ३२ की अस्मिता बुढामगरको ०८१ फागुन १३ गते हत्या गरेको आरोपमा पति ४० वर्षीय खिम बहादुर बुढामगरलाई प्रहरीले ०८१ फागुन १३ गते गिरफ्तार गरेको छ ।
सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरेको र अरोपितहलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोहित कुरार शाहीले बताउनु भयो । आरोपितविरुद्ध पीडितका आफन्तले ०८१ फागुन १३ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको उहाँले जानकारी दिनुभयो ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको छ ।