४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-६ का ११ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडित पक्षको उजुरीका आधारमा बालकलाई फागुन १० गते अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित महिलालाई ०८१ फागुन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको र घटना शङ्कास्पद भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लामिछानेले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १० गते गरिएको छ ।