२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-५ का ५९ वर्षीय नेत्रबहादुर नेपालीलाई फागुन १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८१ फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मनिष लुईटेलले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ११ गते गरिएको छ ।