३ वर्षीया बालिकालाई ०८१ पुस २८ गते बलात्कार गरेको आरोपमा कालिका गाउँपालिक–५ का ३० वर्षीय कुमार पौडेललाई प्रहरीले ०८१ माघ २ गते गिरफ्तार गरेको छ ।
पीडितको स्वास्थ्य परीक्षण रसुवा जिल्ला अस्पतालमा साही दिन भयो भने फरेन्सी प्रतिवेदन भने प्राप्त भएको छैन ।
पीडित बालिकाको आमाले प्रहरीमा खबर गरेपछि आरोपितलाई तत्काल कालिकास्थान प्रहरी चौकीका प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पठाएको छ ।
आरोपितलाई जबरजस्ती करण अन्तर्गत मुद्दा दर्ता गरी प्रहरी हिरासतमा राखेर अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशब भट्टराइकाले बताउनु भयो ।