INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भारत राज्य सितामढी जिल्ला परिहार घर भएका ४२ वर्षीय चैन किसोर दासलाई जिल्ला प्रहरी कार्यालय, महोत्तरीले ०८१ फागुन ११ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षका अनुसार फागुन ११ गते बालिका मनरासिस्वा नगरपालिका-८ स्थित सिरसिया बजारमा किनमेल गर्न गएको अवस्थामा आरोपितले बालिकालाई एक्लै देखी बलात्कार प्रयास गरेकोले निजविरुद्ध जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिएको हो ।

पीडितको स्वास्थ परीक्षण फागुन ११ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको जिल्ला प्रहरि कार्यालयका इन्स्पेक्टर विशाल सिंहले जनाकारी दिनुभयो ।

अन्य

भिडियो