१४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा जाजरकोटको भेरी नगरपालिका–९ घर भई मरिण गाउँपालिका–१ बसेरी बस्दै आएका शिक्षक २२ वर्षीय गोरख वि.क.लाई प्रहरीले ०८१ फागुन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८१ फागुन ७ गते राती प्रश्नपत्र दिन्छु भनी बोलाएर आरोपित शिक्षकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिलकुमार खड्काले बताउनु भयो ।
आरोपित वि.क मरिण गाउँपालिका–१ बसेरीका निम्न माध्यमिक विद्यालय बसेरीवेसीका विज्ञान शिक्षक हुन् ।
पीडितलाई बालिकालाई आरोपितले फागुन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते सिन्धुली अस्पताल गरियो ।