भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि जान लागेका २० वर्षीया, १९ वर्षीया र ३४ वर्षीया तीन महिलालाई प्रहरीले विनय त्रिवेणी गाउँपालिका स्थीत नेपाल भारत सिमा भैसालोटनबाट मङ्सिर ९ गते उद्धार गरेको छ ।
प्रहरीले सोही स्थानबाट मानव बेचबिखन गर्ने उद्धेश्यले महिलाहरूलाई सिमापार गराएको आरोपमा बर्दघाट नपा-१ का ४१ वर्षीय हरिबहादुर बिक र बर्दघाट नपा-४ की ४३ वर्षीया राजकुमारी बिकलाई घटनास्थलबाट गिरफ्तार गरेको छ ।
उद्धार गरिएका महिलाहरूलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।