खार्पुनाथ गाउँपालिका–३, रायामा रहेको नमस्तेको टावर तोडफोड गरिएको छ । फागुन ७ गते रातिको समयमा अपरिचित व्यक्तिहरूको समूहद्वारा टावर तोडफोड गरेपछि सेवाग्राही सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

टावरमा राखिएको एन्टीना, छाता, घर भित्रको व्याट्रि, टेवल, दराज, बेच्च लगायतका सामग्रि तोडफोड गरेपछि यतिवेला सोही गाउँपालिकाका करिव ६ हजार भन्दा बढी मानिसहरू उक्त सेवाबाट प्रभावित बनेको स्थानीय ऐटन रावलले बताउनुभयो ।
टावर तोडफोड गरेको विषयमा फागुन ८ गते स्थानीयले जिल्ला प्रहरी कार्यालय हुम्लामा जानकारी गराएको डिएसपी संकर पोखरेलले बताउनुभयो । उहाँका अनुसार तोडफोड गर्ने अज्ञात समूहको खोजि कार्य भई रहेको र त्यस स्थानमा रहेको नमस्तेको नेट्रोकले काम नगर्दा हाल सेवा प्रवाहमा समस्या भएको बताउनु भएको छ ।