INSEC Online

📅 २०८३ जेष्ठ २२

भुक्तानी रकम रोकिँदा स्वास्थ्य बिमा सेवामा समस्या

बिमा वापतको दायित्व रकम भुक्तानी हुन नसक्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमाबाट सेवाग्राहीले पाउने सुविधा कटौती गर्दा समस्या भएको छ ।

प्रतिष्ठानका निमित्त निर्देशक डा. जनार्दन पन्थीले फागुन ९ गते सूचना जारी गर्दै आर्थिक दायित्व बहन गर्न नसक्दा सेवामा कटौती गर्नु परेको उल्लेख गर्नुभएको छ । फागुन १८ गतेदेखि लागु हुने गरी भनिएको सूचनामा बिमा अन्तर्गतको औषधी वितरणमा तीन महिनाबाट एक हप्तामा समिति गरिने र प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरू सबै स्थगित गरिने उल्लेख छ ।

नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सक्रिय योगदान गरिरहेको अवस्थामा विमित विरामीलाई औषधी उपलब्ध गराउन र विभिन्न जाँचहरू गर्न आवस्य केमीकलहरू खरिद गर्न प्रतिष्ठानमा सिर्जना भएको दायित्व ११ करोड भन्दा बढी रहेको र बिमा बोर्डबाट उक्त रकमको भुक्तानी कहिले हुने भन्ने अनिश्चित रहेकोले सेवा कटौती गरिएको सूचनामा उल्लेख गरिएको छ ।

दायित्व भुक्तानी अनिश्चित भएकोले सेवा कटौती भएको प्रतिष्ठानले जनाएको छ । सेवा कटौती हुँदा बिमितहरूलाई समस्या पर्ने देखिएको छ । दाङमा ४० हजार बढीले स्वास्थ्य विमा गराएका छन् ।

अन्य

भिडियो