INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका अपहरण घटनाका आरोपितहरूविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा रौतहटको इश्नाथ नगरपालिका-९ का २० वर्षीय जैकि पासवान र निजका आमा ४० वर्षीया सुन्दरी भनिने सुन्दरता देवी पासवानविरुद्ध ०८१ फागुन ८ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिनुभएको छ ।

पीडित बालिकालाई ०८१ फागुन १ गते वीरगञ्ज महानगरपालिका-१५ बाट अपहरण गरी बेपत्ता बनाएको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिनु भयो ।

घटना पश्चात आरोपितहरू फरार रहेकोले खोज तलास भइरहेको डिएसपी लम्सालले बताउनु भयो ।

अन्य

भिडियो