INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट दैनिक २९ जनाभन्दा बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २९ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको छ ।

इन्सेकले फागुन ७ गते सार्वजनिक गरेको सन् २०२४ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना र पीडितको तथ्य र तथ्याङ्क समेटेर तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ अनुसार नेपालमा हरेक दिन २९ जनाभन्दा बढी पीडित भएका उल्लेख छ ।

इन्सेकले सन् २०२४ मा नेपालमा कुल १० हजार ७ सय ३४ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको हो । यसलाई दिनाङ्कमा गणना गर्ने हो भने २९.४० जना पीडित भएका देखिन्छ ।

इन्सेकका अनुसार, यो एक वर्षमा राज्य पक्षबाट एक जना र अन्य पक्षबाट २ सय ६५ जनाको हत्या भएको छ ।

Final Chapter 1_Layout 1.qxd

कुन प्रदेशमा कुन पक्षबाट कति पीडित ?

सन् २०२४ मा सबैभन्दा बढी मधेस प्रदेशका २ हजार ३ सय ४० जना पीडित भए । मधेस प्रदेशका ६ जनाभन्दा बढी दैनिक पीडित भएको इन्सेकको वर्ष पुस्तकले देखाएको छ ।

प्रदेश

राज्यपक्षबाट

अन्यपक्षबाट

जम्मा

कोशी

४१

१६९४

१,७३५

मधेस

५०

२२९०

२,३४०

बागमती

३१३

१८६४

२,१७७

गण्डकी

५०४

५०४

लुम्बिनी

३१

२२४०

२,२७१

कर्णाली

१२

५९६

६०८

सुदूरपश्चिम

११

१०८८

१,०९९

जम्मा

४५८

१०२७६

१०,७३४

सन् २०२४ मा परिवारबाट कति महिलाको हत्या ?

यस वर्ष परिवारजनबाट १ सय जना महिलाको हत्या भयो। गत वर्ष यो सङ्ख्या १ सय ९ जना थियो।  परिवारबाट महिला मारिएको कतिपय घटनामा पीडित पक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको भनी बताएको पाइयो। दाइजो नल्याएको आरोपमा परिवारका सदस्यको कुटपिट तथा हिंसा सहन नसकपछि आत्महत्या गर्नु परेको घटना पनि इन्सेकमा अभिलेख भयो।

Final Chapter 1_Layout 1.qxd

सन् २०२४ मा ६५ वर्ष माथिका ज्येष्ठ नागरिक कति पीडित  ?

Final Chapter 1_Layout 1.qxd

सन् २०२४ मा प्रदेशगत आधारमा अपाङ्गता भएका व्यक्तिहरु कति पीडित  ?

Final Chapter 1_Layout 1.qxd

 

अन्य

भिडियो