INSEC Online

📅 २०८३ जेष्ठ २२

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ विमाेचन समाराेह सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५  वातावरण अभियन्ता सुनिल यादव र लक्ष्मी कुमारी महतोले ०८१ फागुन ७ गते विमोचन गर्नुभयो ।

52286b63-b016-4515-818c-f6e58f70f0eb

fcab87e7-3085-4e73-b07a-4f436175869b

वातावरण अभियन्ता सुनिल यादवले समानता, स्वतन्त्रता र सफल जीवन जिउनका लागि पर्यावरणीय अधिकारलाई ख्याल गर्नु पर्ने स्मरण गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ ले नेपालको मानव अधिकार अवस्थासँगै वातावरणका सवालमा भएका अवसर, चुनौती र दायित्वलाई पनि खोज, अध्ययन गर्न वर्ष पुस्तक महत्वपूर्ण दस्तावेजकारुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

59b682c1-a476-4c41-a895-74b0b91d5d22

उहाँले २०७४ सालदेखि चुरे बचाउ अभियानमा निरन्तर क्रियाशील हुँदा मधेस प्रदेश सरकारलाई चुरे र वनजङ्गल बचाउका लागि ध्यानाकर्षण गराउदा सरकारले गम्भीरता नदेखाएपछि काठमाडौंसम्म पैदल यात्रा गरेर सङ्घीय सरकारको ध्यानाकर्षणका लागि १ सय २ दिन दबाबमुलक अभियान अघि बढाउदा पनि सरकारले चासो नदिएको बताउनु भयो । यादवले शिक्षित वर्गबाट नै वातावरण बिगार्ने र प्राकृतिक दोहन गरी पर्यावरणमा खलल पुर्याउने काम भएकोले इन्सेकले ग्रामीण तहसम्ममा गएर सचेतना जगाउन आग्रह गर्नुभयो ।

वातावरण अभियन्ता लक्ष्मी कुमारी महतोले दिलिप महतोले चुरे बचाउने र वातावरण संरक्षण गर्नु पर्छ भन्ने अभियान सञ्चालन गर्दै आएकोमा २०७६ पुस २५ गते औराही खोलामा बोलाएर ज्यादतीपूर्णरुपमा हत्या गरेको घटना बारे जानकारी सहित न्यायका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले इआइए नगरी खोलाबाट खनिज पदार्थ उत्खनन् गर्दै आएकोले चुरे दोहनलाई रोक्दै दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नु पर्नेमा जोड दिनुभयो ।

9519ed8b-294a-4177-8ee5-a4941cb91058

कार्यक्रममा नर्वेजीयन राजदूत महामहिम  Ms. Torun Dramdal  ले नेपालको नवीकरणीय उर्जा, लैङ्गिक उत्थानशिलता लगायतका विषयमा सहकार्य भइरहेको उल्लेख गर्दै नेपालका महिला तथा किशोरीहरूको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सुनिश्चित गर्नु पर्ने खाँचो औल्याउनु भयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनमा बिगत ३० वर्षदेखि इन्सेकसँग नर्वेले सहकार्य गर्दै आएको जानकारी दिनुभयो । उहाँले इन्सेकले नेपालको मानव अधिकार वर्ष पुस्तकमा समावेश गरेका तथ्याङ्कको विश्लेषण हेर्दा देशको मानव अधिकार अवस्था सन्तोसजनक नरहेको स्मरण गर्दै प्रकृतिमा कार्वन सिञ्चित हुन नसकेकोले जलवायु परिवर्तन नै विश्वको चुनौतीको विषयको रुपमा रहेको चर्चा गर्नुभयो ।

42b97146-3b5b-48d7-badf-8e3edbb42a34

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वातावरण र मानव अधिकारका सवालमा अलग अलगरुपमा बोल्न नसकिने स्मरण गर्दै मानव अधिकार र वातावरणीय मानव अधिकारका विषयमा स्वच्छ हावा, खानेपानी, वनजङ्गल, नदी, हिमाल, स्वच्छ वातावरणलगायतका विषयवस्तुलाई एकीकृतरुपमा हेर्नु पर्ने बताउनु भयो । उहाँले मानव अधिकार घोषणापत्रमा वातावरणीय अधिकारलाई मानव अधिकारकारुपमा लिइएको उल्लेख गर्दै स्वच्छ वातावरणमा बस्न, हुर्कन र बाँच्न पाउनु पर्ने अधिकार रहेको स्मरण गर्दै वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ४२ लाख र नेपालमा ३५ हजार जनाको मृत्यु हुने गरेको उल्लेख गर्दै ती तथ्याङ्कले नसर्ने रोग मध्ये वायु प्रदुषणका कारण मानिसले ज्यान गुमाउनु परेको विषयलाई नजर अन्दाज गर्न नहुने धारणा राख्नुभयो ।

5585e541-7567-4b0a-976a-f8b6c3f4454c

इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले द्वन्द्वलाई अघि बढाउनेहरुले सरकार सञ्चालन गरेको तर आफ्नो कार्यकालमा सङ्क्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्याउनु पर्छ भन्ने जवाफदेहीता नलिएको स्मरण गर्दै सङ्क्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्याउनु सरकारको दायित्व भएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाको वायु प्रदुषण हुनुमा नेपालीहरुको पनि भूमिका रहेकाले हामीले गरेका कार्यमा सचेत रही सुधार गर्दै हाम्रा सन्ततिलाई कस्तो भविष्य दिने भन्नेमा बेलैमा सोचेर वातावरण मैत्री विकासको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । साथै इन्सेकलाई नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकासँगै जलवायु परिवर्तनलाई पनि समेटेर अघि बढ्न सुझाव दिनुभयो ।

thumbnail_Sushil Daju

डिसिए नेपालका प्रतिनिधि सम्झना विष्टले वातावरणीय मानव अधिकारका सवालमा इन्सेकले नयाँ विषय र तथ्याङ्क सकङ्लन र अभिलेखीकरण गर्दै आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण भइरहेको हानी नोक्सानिका सवालमा कसले बोल्ने भन्ने विषय महत्वपूर्ण रहेको स्मरण गर्दै सबैका लागि नयाँ विषयकारुपमा रहेको वातावरणीय मानव अधिकार संरक्षणका सवालमा डिसिएले इन्सेकसँग सहकार्य गर्दै प्रदेशस्तरमा सहायता कक्षको व्यवस्था गरी पीडितलाई न्यायालयसम्म पुर्याउन मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।

a4e16e34-fef1-4a12-82bb-de1b8964ee39

वातावरणविद् नाष्टका प्राज्ञ डाक्टर दिनेश भुजुले काठमाडौं उपत्यकाको अहिलेको वातावरणको अवस्थाले प्रभातफेरी (मर्डिङ वाक) गर्न नहुने विज्ञहरुको सुझाव रहेको स्मरण गर्दै खराब वायुका कारण नेपालमा प्रत्येक वर्ष ४२ हजार १ सय जनाले ज्यान गुमाउनु परेको स्मरण गर्दै हरेक वर्ष १७ लाख ५० हजार जना व्यक्ति (कुल जनसङ्ख्याको करिब ६ प्रतिशत) व्यक्ति स्वासप्रस्वासका रोगी भएको सरकारी तथ्याङ्क रहेको बताउनु भयो । प्राज्ञ भुजुले सन् १९४८ मा संयुक्त राष्ट्र संघले मानव अधिकारसँग वातावरणलाई पनि समावेश गरेको उल्लेख गर्दै इन्सेकले जीवन, वातावरण, खाद्य, खानेपानी र सार्वजनिक शौचालयका सवालका विषयवस्तुलाई नेपाल मानव अधिकार वर्षपुस्तकमा उठान गरेकोले हामी सबै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

1c05e926-6780-4d51-a8d9-19525c3311eb

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्टरनेटको माध्यमबाट पनि भइरहेको हिंसा, जलवायु परिवर्तन र यसले पारेको असरका सवाललाई पनि समावेश गर्दै नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकासँगै जलवायु परिवर्तनलाई पनि समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक गरेकोले त्यसको अध्ययन गरी सुझाव दिन आग्रह गर्नुभयो ।

thumbnail_Kundan Daju

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ मा समावेश गररिएका विषयवस्तुमाथि प्रकाश पार्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष  पुस्तक २०२५ लाई वातावरणका सम्बन्धमा प्राथमिकता दिइएको स्मरण गर्दै देशका सात ओटै प्रदेशको अवस्था विश्लेषण गरिएको बताउनु भयो ।

यस वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १० हजार ७ सय ३४ जना पीडित भएको इन्सेकले अभिलेख गरेको बताउनु भयो । गत वर्ष यो सङ्ख्या ९ हजार ३ सय ८८ थियो । यो सङ्ख्या गतवर्ष भन्दा १ हजार ३ सय ४६ ले बढी भएको उल्लेख गर्नुभयो । यो वर्ष प्रहरीले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु भयो भने प्रहरी हिरासतमा पाँच जना मृत भेटिए । हिरासतमा भएका मृत्युका कतिपय घटनालाई आत्महत्या भनियो । प्रहरीको २४ घण्टा निगरानीमा रहने हिरासत कक्षमा हुने यस्ता घटनाको जबाफदेहिताको खोजी कसैबाट भएन गौतमले बताउनु भयो ।

688d0da0-2450-4e19-9b70-091ac4ba65da

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी पीडित भएको अभिलेख रहेको स्मरण गर्दै पीडितलाई परिपुरणको व्यवस्था गरिनु पर्ने कार्य बाँकी नै रहेको पाइएको जानकारी दिनुभयो ।

२०८१ असोज १० देखि १३ गतेसम्मको बाढी पहिरो तथा विपद्का कारण भएको क्षतिको परिपुरणमा सकारका तीनवटै तह चुकेको गौतमले बताउनु भयो ।

कार्यक्रममा इन्सेकका सात ओटा प्रदेशबाट उत्कृष्ट काम गर्ने सात जना जिल्ला प्रतिनिधिलाई पनि इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले नगद पुरस्कार सहित सम्मान गर्नुभएको थियो ।

पुरस्कृत हुनेमा कोशी प्रदेशबाट उदयपुरका राकेश नेपाली, मधेश प्रदेशबाट महोत्तरीकी ममता विश्वकर्मा, बागमती प्रदेशबाट काभ्रेकी सुमित्रा आचार्य, गण्डकी प्रदेशबाट गोरखाका हरेराम उप्रेती, लुम्बिनी प्रदेशबाट दाङका जयनारायण पुन, कर्णाली प्रदेशबाट सुर्खेतका जगतदल जनाला विक र सुदूरपश्चिम प्रदेशबाट बझाङका सत्यराजबहादुर सिंह हुनुहुन्छ ।

thumbnail_DSC_0368 thumbnail_DSC_0507

efebf472-953b-4ee9-b22d-3509fbf10cae

c8d4c8e0-75d5-4467-be24-dac37a907e7f

ec454271-d962-4bda-a2ad-5ddeeb11c09f

ca500546-32a4-4842-9564-54863f48f09f

6899824d-9db0-4d43-92cb-1e81d139e6f6

a5503877-f36e-45ed-8976-752c11ddfbec

5b906761-1790-4e6a-bd4e-8241b98b8e14

 

अन्य

भिडियो