INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सद्भाव भड्काएको आरोपमा गिरफ्तार

धरान उपमहानगरपालिकामा सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-८ भोटेपुलकी ३६ वर्षीया सिर्जना बेघालाई फागुन ७ गते गिरफ्तार गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट सामाजिक सद्भाव भड्काएको, अवैध चन्दा असुली कार्यमा संलग्न भएको, सार्वजनिक स्थलमा गोरू काटेर भोज खाएको, सार्वजनिक सम्पत्तिको तोडफोड गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले बेघालाई ०८१ फागुन ७ गते अमरहाट बजारबाट गिरफ्तार गरेको हो ।

सामाजिक सद्भाव भड्काएको र अवैध चन्दा असुलीको कार्यमा संलग्न भएको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, धरानका डिएसपी प्रकाश जवेगुले बताउनु भयो ।

आरोपितले सामाजिक सञ्जालमा प्रहरीले आँफै मिथ्था कुरा राखेर आफूलाई फसाउन खोजेको र सोही आधारमा गिरफ्तार गरेको बताउनु भयो ।

जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बेघालाई गिरफ्तार गरिएको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो