१६ वर्षीया बालिकालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल सातघुम्तीस्थित हिमालय नेचुरल स्पाकी सञ्चालिका ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई प्रहरीले मौखिक सूचनका आधारमा ०८१ फागुन २ गते गिरफ्तार गरेको मानव बेचबिखन अनुसन्धान एसपी नरेन्द्र कुँवरले इन्सेकलाई जानकारी दिनु भयो ।
पीडित बालिकालाई आर्थिक प्रलोभनमा पारी पार्लरको काम गराउने भनी काममा राखी स्पामा मसाज गर्न आउने ग्राहकहरूसँग जबरजस्ती यौन कार्यमा लगाएको भनि पीडितकी आमाले फागुन ४ गते लिखित जाहेरी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पेश गरेपछि सोही दिन म्याद थप गरेको एसपी कुँवरले बताउनु भयो ।
आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।