२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।
पीडित युवतीलाई बारा जिल्लाको कलैया नगरपालिका-१३ बाट ०८१ माघ २९ गते गते आरोपितले अपहरण गरेको पीडित युवतीको बुबाको आरोप रहेको छ ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका मुद्दा शाखाका इन्स्पेक्टर सागर कार्कीले जानकारी दिनुभयो ।