INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिका र ६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका-८ का ६० वर्षीय ज्येष्ठ नागरिक भोजराज रेग्मीलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितले ०८१ माघ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेश अधिकारीले बताउनु भयो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ फागुन ४ गते गरिएको छ ।

अन्य

भिडियो