INSEC Online

📅 २०८३ जेष्ठ २२

आत्महत्या दुरुत्साहन घटनाको उजुरी दर्ता

१७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गरेको घटनाका आरोपित नवराजपुर गाउँपालिका-१ का १९ वर्षीय रुपेश मण्डलविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय लहानले ०८१ फागुन २ गते दर्ता गरेको छ ।

पीडित पक्षले आरोपित मण्डल लगायत अन्य दुई जनाले ०८१ माघ २७ गते बालिकालाई बलात्कार गरेको घटनालाई माघ २८ गते स्थानीयहरूले छलफल गरी आरोपित पक्षले पीडित पक्षलाई १ लाख ४० हजार रुपियाँ क्षतीपुर्ती दिनु पर्ने गरी मिलापत्र गराएको र माघ ३० गते बालिका आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेकोले घटना शङ्कास्पद भए तापनि बलात्कार र हत्याको छानविन नगरी आत्महत्या दुरुत्साहन शिर्षकमा ०८१ फागुन १ गते उजुरी दिन लगाएको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीका अनुसार हामीलाई आत्महत्या गरेको जानकारी आएको र सोही अनुसार प्रहरी परिचालन गरेको बताउनु भयो । घटनाको प्रारम्भिक अनुसन्धानमा दुरुत्साहन देखिएकोले हाललाई आत्महत्या दुरुत्साहन शिर्षकमा उजुरी दर्ता गरी बलात्कार लगायत अन्य पाटोमा पनि अनुसन्धान गरीरहेको डिएसपी सोतीले बताउनु भयो । घटनाका आरोपित फरार रहेकोले खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

घटना शङ्कास्पद देखिएकोले शवको पोष्टमार्टम धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा फागुन ३ गते गरीएको डिएसपी सोतीले बताउनु भयो ।

अन्य

भिडियो