१८ र २२ वर्षीया महिलाहरूलाई यौन जन्य कार्यमा लगाएको आरोपमा वीरगञ्ज महानगरपालिका-१५ स्थित होटेल स्मार्टका सञ्चालक ३० वर्षीय रबि गुप्ताविरुद्ध पीडितहरूले ०८१ फागुन १ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिनुभएको छ ।
राम्रो काम लगाइदिने र आम्दानी पनि धेरै हुने प्रभोलन देखाउँदै होटलमा आएका ग्राहकहरूसँग यौन जन्य कार्यमा लगाएको आरोपमा पीडितहरू होटेल स्मार्टका सञ्चालक गुप्ताविरुद्ध उजुरी दिएको बताउनु भयो ।
उजुरी पश्चात आरोपित गुप्ता फरार रहेकोले खेजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास भट्टले जानकारी दिनुभयो ।