INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरी महाराजगञ्ज नपा–११ का २५ वर्षीय सुश्याम गोडिया विरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले माघ २९ गते अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो